काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै निरौला र पाण्डेलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा नियुक्त गरिएको जानकारी दिएको छ।
प्रतिक्रिया