काठमाडौं-काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले उहाँमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ।
आइतबार विराटनगरबाट पक्राउ परेका उहाँलाई लगत्तै काठमाडौँ ल्याइएको थियो।
प्रतिक्रिया