अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फाल्गुनन्द अगुवा समाज सुधारक: सभामुख घिमिरे

फाल्गुनन्द अगुवा समाज सुधारक: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक रहेको बताउनु भएको छ।

फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी-८, शङ्खादेवीमा भएको कार्यक्रममा सभामुख घिमिरेले ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो । ‘किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको योगदान महत्वपूर्ण छ,’ सभामुख घिमिरेले भन्नभयो, ‘१९८८ साल वैशाख २४ गते जारी गरिएको सत्य धर्म मुचुल्का समाजको मार्गदर्शन थियो।’


किरात माङ्सेसे हाङ्साम माङ्हिमले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्वपूर्ण दस्तावेज भएको बताउनु भयो । उहाँले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको बताउनु भयो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले भाषा, लिपि, संस्कार संस्कृति, समान शिक्षा फाल्गुनन्दका महत्वपूर्ण नीति रहेको बताउनु भयो । प्रदेश सभा सदस्य एवं बागमती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले फाल्गुनन्दले किराँत समाज सुधारमा पु¥याउनुभएको योगदानको स्मरण गराउनु भयो।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठलगायतको उपस्थिति थियो ।