काठमाडौँ-बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद् बैठक जारी रहेको हो ।
बैठकमा सरकारका नियमित कामबारे निर्णय हुने जनाइएको छ।
गएको बिहीबार बस्नुपर्ने मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक हुँदै आएको छ। भोलि (सोमबार) प्रधानमन्त्री ओली काठमाडौँ उपत्यका बाहिर जाने कार्यक्रम रहेकाले आज मन्त्रिपरिषद् बैठक बसेको सचिवालयले बताएको छ।
प्रतिक्रिया