अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दीपक मनाङे डिल्लीबजार कारागार चलान

दीपक मनाङे डिल्लीबजार कारागार चलान


काठमाडौं-सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । 

आज बिहान काठकाडौंको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले मनाङे लाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।

२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो।

मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब दुई वर्ष चार महिना एक दिन कारागारमा बस्नुपर्ने बताइएको छ।  उहाँले मन्त्री पद छाडेको दुई महिनामै कारागार पुगेका छन् । गत भदौ १७ गते उहाँले गण्डकी प्रदेशको वन मन्त्री अस्वीकार गरी राजीनामा दिनु भएको थियो।