उदयपुर-आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले। उम्मेदवारको नाम सार्वजनिक गरेका छन्। त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।
त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ।
यसैगरी, बेलका नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ। एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ।
त्रियुगा नगरपालिका-१२ मा तीन हजार ८०० र बेलका नगरपालिका-९ मा तीन हजार ४०० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।






प्रतिक्रिया