अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक सुरक्षा ऐन आगामी संसदमा जान्छ: भौतिकमन्त्री दाहाल

सडक सुरक्षा ऐन आगामी संसदमा जान्छ: भौतिकमन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले कमजोर संरचनाले आर्थिक र मानवीय दुवै प्रकारका क्षति बढाउने बताउनु भएको छ।

भौतिक संरचनाहरु निर्माण गर्दा आवश्यक अध्ययन र पूर्वतयारी नगर्दा कमजोर र गुणस्तरहिन संरचना बन्ने खतरा रहेको समेत उहाँले बताउनुभयो। नेपाल अटोमोवाईल्स एशोसिएसन-नासाले शनिवार काठमाडौमा सम्पन्न गरेको ‘सुरक्षित र दिगो गतिशिलता’ विषयक युवा सम्मेलन समापन समारोहमा उहाँले आर्थिक र मानवीय क्षति कम गर्न दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताउनु भयो।

सडक सुरक्षाको सवाल विश्वव्यापी रुपमा चुनौती बनि रहेको उल्लेख गर्दै नेपाल सरकारले पनि यस तर्फ ध्यान दिएको बताउनुभयो। मन्त्रालय अन्तर्गत रहेको सडक सुरक्षा परिषदलाई क्रियाशिल बनाउन आफुले प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले सडक सुरक्षा ऐनलाई समेत आगामी संसदमा लैजाने तयारी गरिएको बताउनुभयो। सडक सुरक्षाका लागि कानूनी, नीतिगत र संरचनागत विकासका लागि मन्त्रालय तयार रहेको उल्लेख गर्दै उहाँले यसका लागि आवश्यक काम समेत भई रहेको बताउनुभयो।

सम्मेलनमा देशका विभिन्न स्थानका युवाहरुको सहभागीता रहेको संस्थाका अध्यक्ष दशरथ रिसालले जानकारी दिनुभयो । सोहि सम्मेलनले १६ बुँदे काठमाडौ घोषणा पत्र समेत सार्वजनिक गरेको छ । कार्यक्रम समापन समारोहमा संस्थालाई योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।