काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा. शिवशरण महर्जनको उम्मेदवारी दर्ता गराउनु भएको छऽ
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि माओवादी केन्द्रबाट महर्जनले आज उम्मेदवारी दर्ता गराउनु भएको हो।
माओवादीले कीर्तिपुर नगरपालिका-४ को अध्यक्षमा नारायण विष्टको उम्मेदवारी दर्ता गराएको छ। वडा नम्बर १ मा भने जसपाका सरल गोपाल महर्जनलाई समर्थन गरेको छ।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, राप्रपाका ध्रुव महर्जन र नेसपाबाट दिलकुमार महर्जनले उम्मेदवार दर्ता गराइसकेका छन् । एकीकृत समाजवादीले आफूले उम्मेदवारी नदिने भएको छ। उक्त दलले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ।
आउँदो मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ।
प्रतिक्रिया