दाङ-नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र-२, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने धारणा राख्नुभयो। उहाँले जनताको बहुदलीय जनवाद (जबज)को सार समाजको रुपान्तरण भएको उल्लेख गर्नुभयो।
आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो। मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उहाँले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पार्नुभयो।
सोही कार्यक्रममा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मिसन-८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताउनुभएको छ।
उहाँले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ । नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ।’
उहाँले वर्तमान सरकार विकास र समृद्विको मार्गतर्फ अगाडि बढिरहेको सन्र्दभमा सत्ता पक्षबाट भएका रचनात्मक क्रियाकलापका विषयमा जनतामाझ पु(याउन कार्यकर्तालाई निर्देशन दिनुभयो।
प्रतिक्रिया