काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अप्रमाणित प्रमाण र अभिव्यक्ति दिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीले साइबर ब्युरोमा बुझाउने तयारी छ।
विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको सीआईबी निर्देशक दीपक थापाले जानकारी दिनुभयो । यस्तै उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने थापाले बताउनु भयो।
प्रसाईँले प्रधानमन्त्री एवं केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ।
प्रधानमन्त्रीका हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ।
मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
प्रतिक्रिया