अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको छ: मुख्यमन्त्री कार्की

नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको छ: मुख्यमन्त्री कार्की


विराटनगर-नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभएको छ।

आज साँझ विराटनगरमा विराटनगर किंग्सको जर्सी अनावरण तथा गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री कार्कीले क्रिकेटबाट नेपालको विश्वमा पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले खेलाडीसहित प्रशिक्षक र व्यवस्थापक सबै पक्ष नेपाल को सफलताको लागी बधाइको हिस्सेदार रहेको बताउनुभयो।

उहाँले विराटनगर किंग्स नेपालको सम्राट भएर विश्वमै परिचय दिनेमा विश्वास व्यक्त गर्नुभयो । खेलकुदको विकासमा आफ्नो क्षमताभित्र रहेर सँधै साथ दिने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘के कस्तो सहयोग गर्नु पर्छ आफ्नो क्षमता भित्र रहेर गर्ने प्रतिबद्धता व्यक्त गर्न पाउँदा मलाई हर्षको अनुभुति भएको छ।’ नेपालको खेलकुदमा क्रिकेट प्रति चासो बढेको भएपनि सरकारले क्रिकेटको विकासमा यथोचित सहयोग गर्न नसकिरहेको बताउदै उहाँले भन्नुभयो, ‘क्रिकेटका सबै संरचनाहरु बनाउन म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चहान्छु।’ उहाँले कीर्तिपुरको रंगाशाला समयमै पूर्णता पाउने र देशभर नै खेलकुदका संरचना बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले क्रिकेटका संरचनाहरु बनाउन कोशी प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा काम गर्ने बताउनुभयो।

कोशीको सान हाम्रो पहिचान भन्ने नारासहित नेपाल प्रिमियर लीगमा कोशी प्रदेशको प्रतिनिधित्व विराटनगर किंग्सले गर्ने छ। त्यसमा उत्साह थप्न आज जर्सि साबर्जनिक गरिएको हो। कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका प्रमुख सचिव केदार शर्मालगायतको सहभागीता रहेको थियो।