अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन पहलकदमी गर्ने छु: सभामुख घिमिरे

हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन पहलकदमी गर्ने छु: सभामुख घिमिरे


दमक-सभामुख देवराज घिमिरेले झापा जिल्ला जंगली हात्तीबाट धेरै प्रभावित बनेको बताउँदै हात्ती नियन्त्रणका लागि आफूले पहल गर्ने बताउनुभएको छ। 

हात्ती आतङ्क कम गर्न आफ्नो पहलमा हात्ती प्रभावित क्षेत्रमा सुरु भएको इलेक्ट्रिक फेन्सिङको योजना प्रभावकारी बनेकाले यसलाई विस्तार गर्न लागिपर्ने सभामुख घिमिरेले बताउनु भएको हो। 

उहाँले भन्नुभयो, ‘हात्तीका कारण भएको क्षतिको विषयमा म जानकार छु। बजेट अभावका कारण सोचेअनुसार काम गर्न सकेकाे छैन । हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन पहलकदमी गर्ने छु।’

इलेक्ट्रिक फेन्सिङलाई विस्तार गरेर जनधनको क्षति कम गर्नका लागि लागिपरेको उहाँले भन्नुभयो। सभामुख घिमिरे तीन दिन देखि आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाहरुको अनुगमनमा व्यस्त हुनुहुन्छ।

अधुरा रहेका र निर्माणाधीन योजनाहरुको अनुगमन गर्दै आफ्ना मतदातासँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रम तय भएको थियो। आइतवार झापा आउनुभएका सभामुख घिमिरे सोमबार काठमाडौं पुगेर सोही दिन झापा फर्कनुभएको थियो। पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न काठमाडौं पुगेर पुनः झापा फर्कनुभएकाे हो।