काठमाडौँ-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताउनुभएको छ।
बुधवार काठमाडौंमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औं स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताउनु भएको हो ।
उहाँले भारत लगायतका देशमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको बताउनुभयो। उहाँले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै प्रजातन्त्रको विरुद्धमा संविधान संशोधन नहुने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘संविधान संशोधन किन भनिरहेका छन्। यमसा एउटा कुरा भनिहालौँ। जस्तो उपराष्ट्रपतिको जस्तो भारतमा व्यवस्था छ, त्यस्तै उपराष्ट्रपति ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन भनिएको हो। अरु प्रजातन्त्रको खिलाफमा, प्रजातन्त्रलाई कमजोर बनाउने कुरा मै मान्दिनँ। धेरै लडेको मान्छे हो, प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो। प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो।’
प्रतिक्रिया