अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको भ्रमणले नेपाल-चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास: ईश्वर पोखरेल

प्रधानमन्त्रीको भ्रमणले नेपाल-चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास: ईश्वर पोखरेल


चीन (बेइजिङ-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुगाउने विश्वास ब्यक्त गर्नुभएको छ।  

चीनको राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले)का नेताहरुबीच टवार्तामा साे कुरा बताउनु भएको हो। बेइजिङमा सम्पन्न दुई पक्षीय भेटवार्तामा नेता पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने बताउनुभयो। 

उक्त भ्रमणमा नेपाल र चीनविच भएका पुराना सम्झौताहरुको कार्यान्वयनका लागि ठोस योजना बन्ने र आपसी सम्वन्धलाई अझ उचाइमा पुगाउन नयाँ समझदारी हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो। 

चिनिया कम्युनिष्ट पार्टीका बिदेश बिभाग प्रमुख मन्त्री लिउ चियानछाओले नेपालका प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनिया र नेपाली जनताले ठुलो अपेक्षा गरेको बताउँदै दुई देश र पार्टीबिचको सम्वन्धलाई अझ प्रगाढ बनाउनेबारे छलफल हुने अपेक्षा गर्नुभयो । 

एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको उच्चस्तरीय टोली अहिले चीन भ्रमणमा छ। यसअघि नेपाली टोली र चिनिया कम्युनिष्ट पार्टी स्कूल बिभागविच अन्तरक्रिया भएको थियो । नेपाली टोली चीनका बिभिन्न स्थानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको छ ।