अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल पक्राउ

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल पक्राउ


काठमाडौं-ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौको शान्तिनगरबाट नेपाललाई पक्राउ गरिएको हो।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा नियन्त्रणमा लिइएको बुझिएको छ।

हिजो ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरेर नेपालका दुई छिमेकीसँग समान सम्बन्ध कायम राख्न भन्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।