अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

११ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)


 काठमाडौं-न्यायपरिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। बुधबार बसेको न्यायपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको छ।

यसै बैठकले  भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ। उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो।

उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत बिराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ। त्यस्तै उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल बिराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ।

उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई भने राष्ट्रिय न्यायिक प्रतिष्ठानमा कागजमा खटाउन सिफारिस भएको छ।

सरुवा सिफारिस हुने जिल्ला न्यायाधीशहरुमा सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राई, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरे लगायत छन्।