काठमाडौं-नेकपा एमाले विदेश विभागका पूर्वप्रमुख राजन भट्टराईले कम्बोडिया जाने नेताहरूको सूची सार्वजनिक गर्नुभएको छ। आजबाट हुने आईक्यापको १२ औं अधिवेशनमा भाग लिन गएका १४ नेताको विवरण उहाँले सार्वजनिक गर्नुभएको हो।
भ्रमण टोलीमा एमालेबाट डा. भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । टोलीमा कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्नी सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउतलगायत पनि भ्रमण टोलीमा रहेका छन्।
१२औं महाधिवेशनका लागि कम्बोडिया जाने नेपाली जम्बो टोलीमा प्रमुख दलका प्रतिनिधिहरूको सहभागीता यसलाई विविध र राष्ट्रिय रूपमा समावेशी बनाएको देखिन्छ । यो प्रतिनिधिमण्डलमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा एस, जनमत पार्टी लगायत विभिन्न दलका नेताहरू समेटिएका छन्। यो सहभागिता नेपालमा राजनीतिक विचारको विविधतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर हो।
प्रतिक्रिया