काठमाडौँ-राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपालले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले आज सिंहदरबारमा मन्त्री सिंहलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो।
ध्यानाकर्षणपत्रमा फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।
यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ्य सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट नियमित र समयअनुसार ‘अपडेट’ रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहलका लागि आग्रह गरिएको छ।
नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले पत्रकारितामा तस्बिरको महत्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नोतर्फबाट सहयोगका लागि सक्दो पहल गर्ने बताउनुभयो।
प्रतिक्रिया