प्युठान-प्यूठानको नौबहिनी गाउँपालिका-१ स्याउलिवाङमा विभिन्न राजनीतिक दलका एक सय पाँच जना नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी तथा पूर्वइकाई सभापति पृथबहादुर बुढामगर, वर्तमान इकाई सचिव सनवीर बुढामगर र नेकपा (माओवादी केन्द्र)का वडा सचिव एकबहादुर विश्वकर्मासहित १०५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन्।
उहाँहरुलाई एमालेका पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाले पार्टीमा स्वागत गर्नुभयो ।
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेता थापाले यहाँको पार्टी वडा कमिटी थप सबल र सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो । सांसद थापाले एमाले देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताउँदै एमालेको लक्ष्यमा नवप्रवेशीहरूको योगदान महत्वपूर्ण हुने बताउनु भयो।
यसैबीच, शनिबार सम्पन्न एमाले नौबहिनी गाउँपालिका-१ को दोस्रो वडा अधिवेशनले चन्द्रमणि बुढामगरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ।
प्रतिक्रिया