अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमा: महासचिव पोखरेल

राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमा: महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायीलगायत अन्य व्यवसायीहरू मारमा परेको बताउनु भएको छ।

मंसीर १० गते साेमबार काठमाडौँमा नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो।

महासचिव पोखरेलले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताउनु भयो। उहाँले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरू आफू अनकुल थप्ने तथा पुराना आयोजनाहरूलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो। उहाँले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताउनु भयो। उहाँले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गर्नुभयो।

महासचिव पोखरेलले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताउनुभयो। उहाँले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताउनु भयो। उहाँले यस्तो हुँदा बाहिर जाने युवाहरूले मुलुकमा रेमिटेन्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताउनु भयो। उहाँले मुलुकभित्र पर्याप्त मात्रामा सामर्थ्य भए पनि मुलुकको सामर्थ्य समान गर्न सक्ने राज्य कमजोर बनाइएको बताउनु भयो। 

 उहाँले  नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताउनु भयो। उहाँले पछिल्लो समय सत्य कुरा बताउँदा शङ्कर पोखरेलले दुई दलीय प्रणाली ल्याउन खोज्यो भनिएको बताउनु भयो। उहाँले लोकतन्त्रमा एक वा दुई दलीय नहुने बताउनु भयो । उहाँले लोकतन्त्रमा जसले पनि विकल्प दिन सक्ने बताउनु भयो। उहाँले देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिँड्न तयार हुनु पर्ने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘देश बनाउनु छ भने नयाँ ढङ्गले सोच्नुपर्छ। त्यो सोच्ने काम कसैले पनि गिरहेको छैनौँ । बाहिर जाने युवाहरूले मुलुकमा जसरी रेमिटेन्स लिएर आउँछन् त्यसरी नै बाहिर जान्छ। त्यही भएर देश बनेको छैन। सबै काम देशभित्रका मानिसहरूले गर्दा मुलुकमा कर तिर्ने थिए। विदेशका मानिसहरू नेपालमा आएर काम गरेपछि नेपालको रकम बाहिर जान्छ। मुलुकभित्र पर्याप्त मात्रामा सामर्थ्य छ। तर मुलुकको सामर्थ्य समान गर्न सक्ने राज्यलाई कमजोर बनाएका छौँ। जबसम्म राज्य बलियो हुँदैन, तबसम्म देश बनाउन ग्राहो हुन्छ। मुलुकको विकास समृद्धि जति बेला राज्यसँग भिजन भएको नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व भए मात्रै हुन्छ। जुन चाहेको खण्डमा मुलुकमा नेकपा एमाले र नेपाली काँग्रेसले मात्रै दिन सक्छ। लोकतन्त्र एक वा दुई दलीय हुँदैन। लोकतन्त्रमा जसले पनि विकल्प दिन पाउँछ। तर विकल्प कसले दिन सक्छ भनेर सोच्ने जनता भए मात्रै देश बन्छ। देश बनाउने हो भने जनता पनि देश बनाउने बाटोमा हिँड्न तयार हुनुपर्छ। राजनीतिक दल, राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश बन्दैन। बहुदलीय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व हुन सकेको छैन। पछिल्लो समय निर्माण व्यवसायी लगायत व्यवसायीहरू मारमा परेको कारण पनि राजनीतिक अस्थिरता हो। सरकार परिवर्तनसँगै कार्यक्रम र योजनाहरूमा बजेट नपर्ने, नयाँ आयोजनाहरू थेग्न र बजेट अभाव हुने गरेका छन्। नयाँ सरकार आउने बित्तिकै पुराना ठेक्का लागेका आयोजनाहरू कम बजेट दिने र नयाँ आयोजनामा छुट्टाउने फेरि अर्को नयाँ सरकार आउने फेरि त्यस्तै गर्ने सिलसिला राजनीतिक अस्थिरताको कारण भएको हो । जति सरकार परिवर्तन भए पनि धन्दा त्यही छ। नीतिगत स्थायित्वको आधार भनेको राजनीतिक स्थायित्वबाट हुन्छ । साना पार्टीका साथीहरूले चिन्ता गर्नु परेन। मन मिलेको पार्टीसँग मिल्दा हुन्छ।’

महासचिव पोखरेलले राजनीतिक दल, राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश नबन्ने उल्लेख गर्नुभो । उहाँले बहुदलीय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व अहिलेसम्म आउन नसकेको बताउनु भयो।