अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्याप्ने विनु यादव पक्राउ

सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्याप्ने विनु यादव पक्राउ


काठमाडौं-सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्यापेकी विनु यादव पक्राउ परेकी छिन्। आज बिहान सर्वोच्च अदालतको गेटमा रहेको बोर्डमा कालो रङ्ग छ्यापेकी यादवलाई प्रहरीले पक्राउ गरेको हो।

कालो साडी लगाएकी विनुले बोतलमा ल्याएको कालो रङ्ग सर्वोच्च अदालतको बोर्डमा छ्यापेकी थिइन् । सिरहाकी यादवले श्रीमानबाट घरेलु हिंसामा परेको बताउँदै आएकी छिन्। यादवले श्रीमानबाट आफू हिंसामा परे पनि न्याय नपाएको भन्दै दुई वर्षयता आन्दोलन गर्दै आएकी छिन्।

यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ ।