अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ।

मंसीर ११ गते मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर विप्लवले प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो।

बालुवाटरमा भएको भेटवार्तामा विप्लवले चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसँग नडराउन प्रधानमन्त्रीलाई सुझाव दिएकाे जनाएको छ।

उक्त भेटवार्तामा विप्लवले देशको स्थिति जटिल भएको र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढंगले खोज्नु पर्ने बिषय औल्याउनु भएको थियो। उहाँले तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा पनि छलफल गरेको जनाएको छ। तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाई नगर्न र  तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न पनि उहाँहरुले आग्रह गर्नुभएको थियो।

जवाफमा प्रधानमन्त्री ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउदै छिटै टुंगोमा पुर्‍याउने बताउनु भयाे ।

भेटवार्तामा विप्लव र उहाँसँगै जानुभएका प्रवक्ता खड्गबहादु विश्वकर्मा ‘प्रकाण्ड’ले आसन्न चीन भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई सफलताको शुभकामना दिनुभएको थियो।