काठमाडौं-साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराइएको छ।
प्रसाईंलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइएको हो। प्रसाईंले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए। यसअघि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै प्रसाईँलाई उपस्थित गराउन आदेश दिएको थियो ।
सर्वोच्चले लिखित जवाफसहित प्रसाईंलाई पनि सर्वोच्चमा उपस्थित गराउन भनेको थियो। सर्वोच्चको आदेश अनुसार नै प्रहरीले लिखित जवाफसहित प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराएको हो। तर, आज प्रसाईंको निवेदनमा पेसी नतोकिएकाले सुनुवाई भने हुने छैन। प्रसाईंलाई पुन प्रहरीको सिंहदरबार वृत्तस्थित हिरासतमै फर्काइने छ। सर्वोच्चले प्रसाईंको निवदेनमा बुधबार सुनुवाइ गर्नेछ।
प्रसाईंलाई मंसिर ४ गते पक्राउ गरेर साइबर ब्यूरोले विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब लगानी रहेको भन्दै सामाजिक सञ्जालमा भिडिओसहित अभिव्यक्ति दिनुभएको थियो।
प्रतिक्रिया