अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यान्सर पीडितको उपचारका लागि २२ हजार आर्थिक सहयोग

क्यान्सर पीडितको उपचारका लागि २२ हजार आर्थिक सहयोग


धरान-धरानको भानुचोक बस स्टेण्डमा काम गर्ने मजदुर बुद्ध ठटालको उपचारका लागि रु. २२ हजार आर्थिक सहयोग प्रदान गरिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्टेण्ड श्रमिक इकाई सदस्य ठटाल मुखको क्यान्सर पीडित ठटाललाई आर्थिक सहयोग गरेको हो।

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, प्रेस चौतारी नेपाल धरान साथै धरानका केही पत्रकार, समाजसेवीले देउसी उठेको दक्षिणामध्ये रु. १० हजार र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको समन्वयमा संकलित रु. १२ हजार गरी जम्मा २२ हजार प्रदान गरिएको हो।

मंगलबार संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङले पीडित मजदुर ठटालका दाइ जीवन ठटाललाई संगठनका धरान कार्यालयमा सहयोग हस्तान्तरण गरेका हुन्। 

एक वर्षदेखि क्यान्सरबाट पीडित ठटाललाई संगठन स्टेण्ड श्रमिक इकाईको तर्फबाट नगद रु.१ लाख र कमिटीका अध्यक्ष बलबहादुर लिम्बुबाट रु. १० हजार गरी १ लाख १० हजार यस अघि नै सहयोग गरिसकिएको छ भने स्टेण्ड श्रमिकहरुले आफ्नो पारिश्रमिकबाट प्रत्येक दिन सहयोग छुट्याउने गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।