अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एशियाली जनसंख्या सम्मेलन आज देखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने

एशियाली जनसंख्या सम्मेलन आज देखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने


काठमाडौं-छैटौं एशियाली जनसंख्या सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैहुनुहुन्छ।
दिउसो १ बजे होटल सोल्टीमा उद्घाटन हुने कार्यक्रममा विभिन्न ३४ वटा देशका ५०० भन्दा बढी प्रतिनिधीहरु आएका छन्।

स्थानीय आयोजक त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्रा.डा.योगेन्द्र बहादुर गुरुङका अनुसार एशियाली देश बाहेक अमेरिका,अष्ट्रेलिया लगायतका देशबाट पनि जनसंख्या विज्ञहरु नेपालमा आएका छन्। गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयमा ४०० वटा भन्दा बढी कार्यपत्रहरु प्रष्तुत हुनेछन्। एकैदिन पाँचवटा हलमा अलग अलग सेसनहरु सञ्चालन हुनेछन्। एकैदिनमा २५ वटा भन्दा सेसनहरु सञ्चालन हुने गुरुङले जानकारी दिनुभयो।

समितीका सदस्य सचिव एवं नेपाल जनसंख्या संघ (पान)का अध्यक्ष डा.पद्मप्रसाद खतिवडाका अनुसार सम्मेलनको अन्तिम दिन नेपाल शेसन पनि सञ्चालन हुनेछ। उक्त शेसनमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट राष्ट्रिय जनगणना २०७८ का नतिजाहरुका बारेमा प्रष्तुतिकरण रहनेछ । जसमा नेपालको घट्दो प्रजननन् दर,बढ्दो बुढ्यौली,युवा जनसंख्या आदिका विषयमा व्यापक छलफल गर्ने तयारी छ। यसैगरी श्रम तथा रोजगारी मन्त्री शरदसिंह भण्डारीले नेपालका प्रवासी श्रमिक र युवा जनसंख्याका बारेमा एक कार्यपत्र समेत प्रष्तुत गर्नुहुनेछ।

सम्मेलनमा भाग लिन एशियन जनसंख्या संघ (एपिए)का अध्यक्ष रोइको ह्यासी दुईदिन अघि नै काठमाडौं आइसक्नु भएको छ । सम्मेलनमा विभिन्न राजनीतिक दलका नेताहरु तथा सातै प्रदेशका उपसभामुखहरु समेत सहभागी हुदैछन् ।