काठमाडौं- अनेरास्ववियु बझाङमा नयाँ नेतृत्व चयन भएको छ। अनेरास्ववियु बझाङको १३औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनले रूपक धामीको अध्यक्षतामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ।
नवनिर्वाचित जिल्ला कमिटी उपाध्यक्षमा लक्ष्मण गिरी र अञ्जना बोहरा चयन हुनुभएको छ। त्यसतै सचिवमा दिलीप अधिकारी निर्वाचित हुनुभएको छ।
अधिवेशनले सहसचिवमा महेश जेठारा, आशिष खड्का, सानु थापा र राजेश कार्कीलाई चुनेको छ। कोषाध्यक्षमा भने सुरेश जोशी निर्वाचित हुनुभएको छ।
प्रतिक्रिया