अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्छ: प्रधानमन्त्री ओली

नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनुभएको छ।

बुधबार २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकाले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘’नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो। यस संस्कृतिले नेपाली संस्कृतिलाई मूल रुपमा प्रतिविम्बित गर्छ। थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन्। हाम्रा पर्वपच्छिे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । दुनियाँमा यस्तो पृथक् प्रकारको संस्कृति अन्यत्र पाइँदैन। यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेषता छन्।’

उहाँले नेपालमा समुदायपिच्छे नै पृथक् प्रकारको संस्कृति रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनै पनि देशमा नरहेको उल्लेख गर्नुभयो । उहाँले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार आयोजित २१ औँ राष्ट्रिय ज्यापू दिवस २०८१ को परम्परागत निमन्त्रणा कार्यक्रममा सहभागी हुँदै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

प्रधानमन्त्री ओलीले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताउनुभयो। नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणका लागि सबै एकजुट भएर लाग्न उहाँले आग्रह गर्नुभयो।