भक्तपुर-मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका-५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने उहाँकी श्रीमती नवीनाको मृत्यु भएको छ। घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया