काठमाडौं-परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआई अनुदानमा सम्झौता हुने बताउनु भएको छ। आज चीन प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले बीआरआई सम्झौतामा लिने विषयमा नेपाली कांग्रेस–एमाले एकसाथ रहेको बताउनुभएको हाे ।
कांग्रेस-एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको उनले टिप्पणी गर्नुभयाे। प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उहाँ चीन जानु भएकाे हो।
प्रतिक्रिया