काठमाडौं-सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (बिहीबार) काठमाडौं ल्याइने भएको छ। लामिछानेलाई साँझ ५ः३० बजेको जहाजमा पोखराबाट काठमाडौं ल्याउने तयारी छ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिन लामिछानेलाई काठमाडौं ल्याउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिनुभयो। लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्। स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियामा समेत गएको देखिन्छ।
रवि जोडिएको गोर्खा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रूपैयाँ पेस्कीबापत गएको देखिन्छ। स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुई पटक ऋण लिइएको थियो ।
प्रतिक्रिया