काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण देश बन्न नसकेको दाबी गर्नुभएको छ। आज कीर्तिपुरमा आयोजित एमाले चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालमा राजनीतिक अस्थिरता बढेकै कारण मुलुक समृद्ध बन्न नसकेको दाबी गर्नुभएहो हाे।
महासचिव पोखरेलले अब नेपालमा धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दलको आवश्यकता भएकाे बताउनुभयाे।महासचिव पोखरेलले भन्नुभयो, ‘अब नेपालमा धेरै राजनीतिक दल होइन, विकास गर्न बलियो राजनीतिक दलको आवश्यकता देखिएको छ। ३२ सीटेले म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरुले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ।’
उहाँले बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिलाई डोर्याउन अग्रसर हुनुपर्ने बताउनु भयाे। यसका लागि युवाहरू राजनीतिमा आउनुपर्ने उहाँले बताउनु भयाे।
महासचिव पोखरेले एमालेको सरकार बनेपछि युवाहरुको विदेश पलायन पनि घट्ने गरेको दाबी गर्नुभयो। उहाँले एमाले नेतृत्वको सरकारले छोटो समयमा मुलुकको अर्थतन्त्र सुधारेको भन्दै देशको स्वाधीनता र स्वाभिमानको झन्डा उठाउने एमाले अब विकासको यात्रामा अघि बढ्न चाहेको बताउनु भयो । जनताका अधिकारलाई सबल बनाउन सरकारको नेतृत्व गरेको भन्दै पोखरेलले निरासा अन्त्य गरेर आशा जगाउने काम एमालेले मात्र गर्न सक्ने दाबी गर्नुभयो।
प्रतिक्रिया