अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह उपनिर्वाचन

कीर्तिपुरबासीलाई नगरपालिका त यसरी पो चल्न पर्ने रहेछ भन्ने अनुभूति दिलाउने छु: डा. सुरेन्द्र मानन्धर

कीर्तिपुरबासीलाई नगरपालिका त यसरी पो चल्न पर्ने रहेछ भन्ने अनुभूति दिलाउने छु: डा. सुरेन्द्र मानन्धर


काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य एवं कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले एमाले नेतृत्वबाट बाहिरिएपछि कीर्तिपुर नगरपालिकाको विकासमा अवरोध आएको बताउनु भएको छ।

बिहीबार कीर्तिपुरमा आयोजित स्थानीय तह उपनिर्वाचनको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै मानन्धरले एमाले स्थानीय सरकारबाट बाहिरिने बित्तिकै नगरको विकास रोकिएको बताउनुभयो। कीर्तिपुरको रोकिएको विकासलाई आफू निर्वाचित भएर पछि पुनःअघि बढाउने मानन्धरले प्रतिबद्धता व्यक्त गर्नुभयो।

अहिले कीर्तिपुर नगरपालिका लथालिङ्ग अवस्थामा रहेको मानन्धरले सुनाउनुभयो। कीर्तिपुरका जनता र जनप्रतिनिधिले यति बेला सबल र सक्षम नेतृत्व खोजिरहेको उहाँले बताउनुभयो। ‘हाम्रो लागि सबल, सक्षम र योग्य नेतृत्व चाहिएको छ, त्यो भनेको सुरेन्द्र मानन्धर मात्रै हो भनेर अहिलेका जनप्रतिनिधि साथीहरूले भनिरहनु भएको छ’, मानन्धरले भन्नुभयो।

कीर्तिपुरमा सकेको योगदान गर्ने चाहन हुँदाहुँदै पनि सबल नेतृत्वको अभावमा कीर्तिपुर नगरपालिका जनप्रतिनिधिले काम गर्न नसकेका उहाँले बताउनुभयो। उहाँले आफू नगरप्रमुख निर्वाचित भएपछि सबैलाई मिलाएर अघि बढाउने र नगरपालिकाले गुमाएको लयलाई ठिक ठाउँमा ल्याउने उहाँले दाबी गर्नुभयो।

नगरपालिकामा सबैलाई समेटेर आफू अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। सबै दलले अघि सारेका राम्रा एजेण्डालई आफू निर्वाचित भएपछि अपनत्व ग्रहण गर्ने मानन्धरले बताउनुभयो। ‘नगरपालिका त यसरी पो चल्न पर्ने रहेछ भन्ने अनुभूति दिलाउने छौँ’, उहाँले भन्नुभयो।

आफू निर्वाचित भएपछि समानुपातिक विकासको अवधारणालाई अघि बढाउने उहाँले बताउनुभयो। कीर्तिपुरको समृद्धि एमालेको रगत पसिनासँग जोडिएकोले त्यसलाई अझ नयाँ शिराबाट अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो। जनताको पक्षमा आउने परिणामलाई जनताकै हितमा प्रयोग गर्ने मानन्धरले प्रतिबद्धता व्यक्त गर्नुभयो।