अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त


लुम्बिनी-लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन्।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो । ललितपुर जन्मनुभएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।