अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनले गर्‍यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा

चीनले गर्‍यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा


काठमाडौँ-चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङलेले चीनका राज्य परिषद्का प्रधानमन्त्री लि कियाङको निमन्त्रणामाप्रधानमन्त्री ओली मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमणमा रहने जानकारी दिनु भएको हो।

चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणमा जान लाग्नभएका प्रधानमन्त्री ओलीको भेटघाट चीनका राष्ट्रपति सी चिन फिङसँग हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। चीनका प्रधानमन्त्री कियाङसँग दुई पक्षीय वार्ता हुनुको साथै चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उहाँको भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्व विद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यसैगरी प्रधानमन्त्री चीनमा रहेको नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन आफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।