काठमाडौं-रामेछापमा भएको फोर्स गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ। मंसीर १४ गते शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।
काठमाडौंबाट रामेछापको जाँदै गरेको ७१२३ नम्बरको गाडी सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो।
उहाँ गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। १४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ।
प्रतिक्रिया