अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरण सार्वजनिक

कोशीका मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरण सार्वजनिक


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ।

आज मुख्यन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशको वेबसाइटमा सार्वजनिक गरिएको मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरणमा झापाको गौराहदमा दुई वटा घर र ललितपुरको महालक्ष्मी नगरपालिकामा एउटा घर रहेको उल्लेख छ।

उक्त विवरण अनुसार झापाको गौरादहमा रहेको दुई वटा घर पैतृक सम्पत्ति बिक्री गरेर बनाएको र मुख्यमन्त्री कार्की र दाजु दीपक कार्कीको संयुक्त स्वामित्वमा रहेको छ। यस्तै महालक्ष्मी नगरपालिकामा रहेको घर भने मुख्यमन्त्री कार्कीको श्रीमती अन्जना पाण्डे कार्कीको नाममा रहेको र एभरेष्ट बैंकबाट ९० लाख रुपैयाँ ऋण लिएर खरिद गरेको उल्लेख छ।

मुख्यन्त्री कार्कीको विभिन्न कम्पनीमा सेयर गरी करिब ३३ लाख रुपैयाँ बराबरको सेयर र ६ तोल सुन र चाँदीको गरगहना रहेको छ। यसै गरी तलब तथा भत्ता बापत प्राप्त १ लाख १ हजार ६८८ रुपैयाँ बैंक मौज्दात रहेको समेत उहाँले विवरणमा उल्लेख गर्नुभएको छ। यसैगरी घर खरिद गर्दाको ९० लाख रुपैयाँ ऋण समेत रहेको उहाँको विवरणमा उल्लेख गरिएको छ।