अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पुथा उत्तरगंगा गाउँपालिकामा मतदान जारी

पुथा उत्तरगंगा गाउँपालिकामा मतदान जारी


रुकुमपूर्व-रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष चुन्नका लागि मतदान जारी छ। वडा २ नम्बरको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेकाले उपाध्यक्ष पदका लागि मात्रै मतदान भइरहेको छ।

पुथाउत्तरगंगामा कांग्रेस र एमालेले तालमेल गरेका छन्। नेकपा एमालेकी केशकुमारी तुलाचन उम्मेदवार हुनुहुन्छ। उत्ता नेकपा माओवादी केन्द्रले भने नरपुरा बुढालाई उम्मेदवार बनाएको छ।

गाउँपालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र रहेको छ। जसमा ५ हजार ६ सय ७१ जना पुरुष र ५ हजार ५ सय ९ जना महिला  गरी जम्मा ११ हजार एक सय ८० जनाले  मतदान गर्ने  निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताउनु भयो।

गत भदौ २८ गते काठमाडौंदेखि गृह जिल्ला रुकुमपूर्व फर्किंदै गर्दा बाङ्गलुङमा गाडी दुर्घटना हुँदा उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा गोपीमाया र वडा नम्बर दुईका अध्यक्ष जसबहादुर शेर्पालीको निधन भएको थियो ।