काठमाडौँ-स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको १६ नम्बर वडामा पनि मतदान जारी छ। ०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
काठमाडौँ-१६ काे वडअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धरसहित चुनावी प्रतिस्पर्धामा छन्। राप्रपा, नेपकिपा, राप्रपा नेपाल, जसपा लगायतका दलका उम्मेदवार पनि वडा अध्यक्षको दौडमा छन्।
आज देशभरका रिक्त स्थानीय तहका ४१ पदका लागि उपनिर्वाचन सुरु भएको हो। आइतबार बिहान ७ बजेदखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।
प्रतिक्रिया