रोल्पा-रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा पाँचजनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर-३ मा पुल निर्माणका क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको हो।
७ जनाले काम गरिरहेको अवस्थामा २ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पुरिएर सुनछहरी गाउँपालिकाकै वडा नम्बर ३ बाहिरी गाम बस्ने वर्ष ४५ का दुजमन परियार, सोही ठेगानाका वर्ष ३१ का ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आइती परियार र वर्ष ६६ का देवीराम परियारको मृत्यु भएको हो।
प्रतिक्रिया