अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरीशंकरको उपनिर्वाचन: ७ हजारभन्दा बढी मत खस्यो

गौरीशंकरको उपनिर्वाचन: ७ हजारभन्दा बढी मत खस्यो


दोलखा-दोलखाको गौरीशंकर गाउँपालिकामा जारी निर्वाचनमा हालसम्म ७ हजार बढी मत खसेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्मको अवधिमा ७ हजार ३ सय ३४ मत खसेको हो।

जिल्ला निर्वाचन कार्यालय दोलखाले दिएको जानकारी अनुसार १२ मतदान स्थलका २१ मतदान केन्द्रमा मतदान जारी छ। जसमा हालसम्म १ नम्बर वडामा ७५१ मत खसेको छ भने दुई नम्बर वडामा ७२७ मत खसेको बताइएको छ।

यस्तै, ३ नम्बर वडामा ८४५, ४ नम्बर वडामा ८९०, ५ नम्बर वडामा १ हजार ४३९, ६ नम्बर वडामा ६२३, ७ नम्बर वडामा ७८१ र ८ नम्बर वडामा हालसम्मको अवधिमा २८० मत खसेको बताइएको छ। कुल मतदाताको ४५ प्रतिशत मत खसेको हो। गौरीशंकरमा कुल १५ हजार ७ सय १८ मतदाता छन् ।

मतदान गर्नका लागि स्थानियबासी चरिकोट,१६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षका लागि मतदान गर्नका लागि स्थानियबासी । तस्बिरः गाकर्णप्रसाद भण्डारी÷रासस