काठमाडौं-कास्की प्रहरी हिरासतमा रहेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई थप अनुसन्धानका निम्ति चितवन लगिएको छ।
चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि जोशीलाई चितवन लगिएको हो।
जोशीसँगै रामबहादुर ढकाललाई पनि चितवन लगिएको छ। जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता गराउने प्रहरीको तयारी छ।
मंसिर ५ गते २४ जना बचतकर्ताले साहारा सहकारीको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए।
प्रतिक्रिया