अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न (फोटोफिचर)

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न (फोटोफिचर)


काठमाडौँ-स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी हुनुहुन्छ।

मतदान गर्नका लागि स्थानियबासी चरिकोट,१६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षका लागि मतदान गर्नका लागि स्थानियबासी ।
स्थानीय तह उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्ष पदको लागि मतदान गर्न जाँदै ८५ वर्षीय मतदाता।
गोरखा नगरपालिका वडा नम्बर ५ मा आइतबार भइरहेको वडाध्यक्ष पदको उपनिर्वाचनमा अमराईस्थित शिवशक्ति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै ज्येष्ठ नागरिक।

महोत्तरी जिल्लाको रामगोपालपुर-२ मा भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा जारी मतदानका लागि लामबद्ध मतदाता ।

रोल्पाको रुण्टिगढी गाउँपालिका–४ नम्बर वडाको वडाध्यक्ष पदका लागि हुन लागेको स्थानीय तह उपनिर्वाचनमा सूर्योदय माध्यमिक विद्यालय सुर्पाल मतदान केन्द्रमा आफन्तको साहरामा मतदान गर्न जाँदै ज्येष्ठ नागरिक।