काठमाडौं-दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ।
आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी हुनुभएको छ। शेर्पाले २ हजार ८ सय ५ मत पाउनुभएको छ।
त्यस्तै माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत पाउनुभएको छ। नेपाली कांग्रेसकी पासाङदिकी शेर्पाले भने १ हजार ७२७ मत ल्याउनु भएको छ।
सो गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय मत पाएको छ। त्यस्तै राप्रपाले १ सय १८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ। कूल ७ हजार ५ सय ९० मत खसेकोमा ७ हजार ४ सय ८० मत सदर भएको छ भने १ सय १० मत बदर भएको छ।
२०७९ सालको निर्वाचनमा सो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका हुन्।
प्रतिक्रिया