अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यातायात कार्यालयको सेवा चुस्त दुरुस्त र गुनासो रहित बनाइने: मन्त्री भण्डारी

यातायात कार्यालयको सेवा चुस्त दुरुस्त र गुनासो रहित बनाइने: मन्त्री भण्डारी


विराटनगर-कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सँहाल्नुभएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गबाट सपथ ग्रहण पछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो। उहाँले आफनो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता जनाउनुभएको छ। कर्मचारीहरुलाई काम र पारदर्षितामा विश्वास गर्न आग्रह गर्नुभयो। मन्त्री भण्डारीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो, ‘मन्त्रालयमा कुनै पनि काम अडकिने रोकिने गरिनु हुँदैन। आफू काममा विश्वास गर्ने र सहभागितात्मक निर्णय गरिने पनि उहाँले प्रष्ट पार्नुभयो।

मन्त्री भण्डारीले प्रदेश मातहत पर्ने आठ वटा यातायात ब्यवस्था कार्यालयहरुको भौतिक संरचना तथा सेवा प्रवाहमा सुधारका लागि सुझाव पेश गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गर्नुभएको छ।

मन्त्रालयको कानून तथा प्रदेशसभा मामिला महाशाखा प्रमुख संयोजक रहेको चार सदस्यीय कार्यदललाई सुझाव पेश गर्न १५ दिनको समय तोकिएको छ। यस्तै मुल ऐन अन्र्तगत नियमावली तर्जुमा हुन नसकेका ऐन सम्बन्धी नियम एक महिना भित्र तर्जुमा गरिने भएको छ।

आठ वटा यातायात ब्यवस्था कार्यालयहरुको सेवा प्रवाह चुस्त दुरुस्त बनाइ गुनासो रहित बनाउन कार्यदल गठन गरिएको मन्त्री भण्डारीले बताउनुभयो।