काठमाडौं-चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई पाँच सय मिलियन (आरएमबी) करिब रु.९ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गर्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गर्नुभएको हो।
चिनीया राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आज भेटवार्ता भएको थियो। सो पश्चात नेपाललाई चीनले ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीले चिनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ। सीले अनुकूल समय मिलाएर आउने जानकारी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो।
प्रतिक्रिया