अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले नेपाल-चीन सम्बन्धका विविध आयामबारे सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले नेपाल-चीन सम्बन्धका विविध आयामबारे सम्बोधन गर्नुहुने


काठमाडौं-चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने छन्।

प्रधानमन्त्री ओलीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रस्तुत गर्दै चिनियाँ जनमुक्ति सेना बेइजिङ, १८ मङ्सिरः मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रस्तुत गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुभयो । सोही दिन उहाँले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए।