काठमाडौँ-नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताउनु भएको छ। उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने नेता पोखरेलले साे कुरा बताउनु भएको हो।
वरिष्ठ उपाध्यक्ष पोखरेल २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताउनुभयो। उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको भन्दै आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति भने समीक्षा गर्ने बताउनु भयो। काठमाडौँको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको उहाँले दाबी गर्नुभयो।
जनताले अहिले पनि पुराना राजनीतिक दलहरूमा आशा र विश्वास कायमै राखेको उहाँको दाबी छ। उहाँले राष्ट्रिय राजनीतिमा पुराना दलहरूको भूमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताउनु भयो।
उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरूमा थप व्यवस्थित डङ्गको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उहाँको भनाइ छ।
प्रतिक्रिया