काठमाडौँ-नेपाल र चीन सरकारबीच ‘बीआरआई फ्रेमवर्क’मा हस्ताक्षर भएको छ। आज चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो।
नेपाल र चीनबिचको संयुक्त १२ बुँदे वक्तव्यमा भने बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न सकेसम्म चाँडो एमओयूमा हस्ताक्षर गरिने उल्लेख थियो ।
प्रतिक्रिया