अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ। उहाँको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेल आज बिहान भर्ना हुनुभएको थियो। हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।