अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीआरआई फ्रेमवर्कभित्र कुन-कुन परियोजना छ ?

बीआरआई फ्रेमवर्कभित्र कुन-कुन परियोजना छ ?


काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीकाे औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएकाे छ।

बुधबार बेइजिङमा भएको सम्झाैतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएकाे हाे।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौतामा हस्ताक्षर भएकाे हाे। दुवै पक्ष बीआरआईको फ्रेमवर्कमा सहमत भएसँगै अन्योल चिरिएको छ।

फ्रेमवर्कभित्र विभिन्न १० वटा  परियोजना समावेश भएका छन् । जसमा टोखा-छहरे टनेल, हिल्सा-सिमिकोट सडक योजना, किमाथांका-खाँदबारी सडक र पुल, जिलोङ-केरुङ-काठमाडौं रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलुङ-रसुवागढी-चिलिमे २२० केभी प्रसारणलाइन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन-नेपाल औद्योगिक पार्क दमक र झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स छन्।

यी हुन् बीआरआई फ्रेमवर्कभित्र परेका १० परियोजना

१. टोखा-छहरे टनेल
२. हिल्सा-सिमिकोट सडक योजना
३. किमाथांका-खाँदबारी सडक र पुल
४. जिलोङ-केरुङ-काठमाडौं रेलमार्ल
५. अमरगढी सिटी हल प्रोजेक्ट
६. जिलुङ-रसुवागढी-चिलिमे २२० केभी प्रसारणलाइन
७. मदन भण्डारी प्राविधिक विश्वविद्यालय
८. काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम
९. चीन-नेपाल औद्योगिक पार्क दमक
१०. झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स